Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भजनि नगरपालिकामा स्वास्थ्यकर्मीको धर्ना सुरु

  • कैलाली दर्पण
  • सोमवार, बैशाख ११, २०८०
भजनि नगरपालिकामा स्वास्थ्यकर्मीको धर्ना सुरु

जमुना न्युरे
भजनी कैलाली ।

कैलालीको भजनि नगरपालिकाका स्वास्थयकर्र्मीहरु धर्नामा बसेका छन । स्वास्थ्य शाखा र ९ ओटै वडाका स्वास्थ्य संस्थाका ४० जना कर्मचारी तलबभत्ता नपाएपछि आइतबारदेखि हातमा कालोपट्टी बाँधेर पालिका कार्यलयमै धर्नामा बसेका हुन् । स्वास्थ्यकर्मी आन्दोलित भएका कारण नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
अहिले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा मात्र दिने उनीहरूको भनाई छ । माग पूरा नभए आन्दोलनका थप कार्यक्रम गर्ने तयारीमा उनीहरू छन् ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी मापदण्ड ल्याएर समायोजन गरेको थियो । नगरपालिकाले समायोजन मिलान भई आउने कर्मचारीलाई तलब दिने सहमति दिएको थियो। सहमतिमा समायोजन मिलान भई आउने कर्मचारीलाई तत्काल हाजिर गराई कामकाज लगाइने र नियमअनुसारको तलबभत्ता उपलब्ध गराउने उल्लेख छ ।
भजनी नगरपालिका वडा नं ४ को धनौरा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख अहेव लक्ष्मी प्रसाद जोशीले समायोजनमा आए पनि तलब भत्ता नपाएको बताउछन । उनी डोटि जिल्ला जोरायल गाउँपालिकाबाट समायोजन मिलान भएर भजनी नगरपालिका आएका हुन् । समायोजन मिलान गरी आएका जोशिले ४ महिना देखि तलबभत्ता पाएका छैनन्।
स्वास्थ्यकर्मिहरुले ५ सुत्रीय माग राख्दै आन्दोलन गरिने बताएका छन । जस्मा स्थायी स्वास्थ्यकर्मिहरुको पारिश्रमिक यथासिघ्र ब्यबस्था गर्ने, स्वास्थ्या सेवाका कर्मचारीहरुलाइ अन्य कर्मचारी सरह इन्धन लगायत प्रोत्साहन सुबिधा प्रदान गर्ने, आगामी आर्थिक बर्षको पारिश्रमिकको ब्यबस्था अग्रिम ग्यारेन्टी गर्ने ,समायोजन र समायोजन मिलान गरि आएका स्वास्थ्यकर्मीहरुलाइ हाल कामकाज गरिरहेका स्थानमा पदस्थापना गर्ने, हालै स्तरवृद्धि भएका स्वास्थ्यकर्मीहरुलाइ कामकाज गरिरहेका स्थानमा पदस्थापना गर्ने भनी आन्दोलन सङ्गै धर्ना कार्यक्रम सुरु गरेको स्वास्थ्य कर्मचारी सर्घष समिति संयोजक लालबोझी स्वास्थ्यचौकीका प्रमुख चेत राज ओझाले बताए ।
भजनि नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले आफुले स्वास्थ्यकर्मी पारिश्रमिक बारेमा पटक पटक नगरप्रमुख र प्रशासकिय अधिकृतलाई मौखिक तथा लिखित रुपमा जानकारी गराउदा समेत ४ महिना देखि समस्या सामाधान तर्फ कुनै कदम नचालेको बताए । उनले आफुहरु स्वास्थ्य जस्तो संबेदनसिल काम पनि छोडेर आन्दोलन गर्न बाध्य भएको बताए ।
भजनि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सि अनमी रिता देबकोटा स्थायी भै काम गर्न थालेको १० बर्ष भयो । कोरोना जस्तो महामारीको समयमा घरपरिवार नभनेर जनताको स्वास्थ्य उपचारमा गइयो उनी भन्छिन, अहिले नगरपालिकाले आफुहरुले जोखिम मोलेर काम गरेको प्रोत्साहन गर्नुको सट्टा नियमित पारिश्रमिक समेत रोकि दियो ।
भजनी नगरपालिकामा स्वास्थ्य शाखा र स्वास्थ्य चौकीमा गरी स्थायी ३३ जनाको दरबन्दी छ। आर्थिक वर्ष २०७५÷०७६ मा तत्कालीन सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा चिकित्सकसहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको थियो। सोहीअनुरूप भजनी नगरपालिकाले ९ वटै वडामा स्वास्थ्य संस्था विस्तार गरेको छ ।
यता भजनी नगरपालिकामा स्वस्थ्यकर्मीको समस्या बारेमा स्थलगत रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीलाई स्वास्थ्यकर्मीहरुले आकास्मिक सेवा बाहेक सबै सेवाहरु अनिश्चितकालका बन्द गरेर ,कार्यलय छोडेर नगरपालिकामै धर्ना दिएका छ्न तपाईं यो विषयमा के भन्नू हुन्छ भन्ने प्रश्न गर्दा उनले स्वास्थ्यकर्मीले गरेको धर्ना का विषयमा नबोल्नै भन्दै आफ्नो कार्यकक्ष तिर लागेका थिए ।

 

सम्बन्धित समाचार
ताजा अपडेट