नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।
आज साँझ ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताको तयारी लगभग पूरा भएको छ। तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने भएकाले खेललाई विशेष चासोका साथ हेरिएको छ।