Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

१९ वर्षमै कांग्रेसको महासमिति सदस्य बनिन् रोजिना विष्ट

  • कैलाली दर्पण
  • सोमवार, अशोज २६, २०८३
१९ वर्षमै कांग्रेसको महासमिति सदस्य बनिन् रोजिना विष्ट

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट १९ वर्षीया रोजिना विष्ट महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।

जानकी गाउँपालिका–२ निवासी विष्ट देउवा पक्षबाट २८ वर्षमुनिको युवा समावेशी कोटामा महासमिति सदस्य बनेकी हुन्।

यसअघि उनी क्षेत्रीय अधिवेशनबाट २८ वर्षमुनिको युवा कोटामा महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी थिइन्। पार्टीको नियमित १५औँ महाधिवेशनमा पहिलोपटक सहभागी भएकी विष्टले कम उमेरमै महासमिति सदस्यको जिम्मेवारी प्राप्त गरेकी हुन्।

उनको निर्वाचनलाई नेपाली कांग्रेसभित्र युवा पुस्ताको बढ्दो राजनीतिक सहभागिताका रूपमा हेरिएको छ।

विष्टले आगामी दिनमा अध्ययनसँगै पार्टी निर्माणमा सक्रिय रहने तथा विद्यार्थी र महिलाका हकहितका विषयमा बुलन्द आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

२०७७ सालमा लम्कीस्थित पायोनियर्स एकेडेमीबाट एसईई उत्तीर्ण गरेकी विष्ट हाल काठमाडौको पद्मकन्या मल्टिपल क्याम्पसमा बीबीएम छैटौँ सेमेस्टरमा अध्ययनरत छिन्। उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यसमेत हुन्।

विष्टले २०८३ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेकी थिइन्। विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गरेकी उनले छोटो समयमै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेकी छन्। कम उमेरमै महासमिति सदस्य बन्न सफल विष्टको राजनीतिक यात्रालाई कांग्रेसभित्र युवा नेतृत्वको सम्भावनाका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट