Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गौरीफन्टा नाकामा ३ जनामा कोरोना संक्रमण पुष्टि

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ ३०, २०८२
गौरीफन्टा नाकामा ३ जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट फर्किएका तीन नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। गौरीफन्टा नाकामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा शंका लागेका ३१ जनाको परीक्षण गरिएको थियो। भारतमा कोरोना संक्रमण दर उच्च भएकाले त्यहाँबाट फर्किने नेपालीहरूमा समेत संक्रमण देखिन थालेको हो।

स्वास्थ्य जोखिम बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशका गौरीफन्टा, गड्डाचौकी, पुलघाट र झुलाघाट नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी परीक्षण सुरु गरिएको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए।

उनका अनुसार परीक्षणका लागि ती नाकाहरूमा हालसम्म ३५० वटा किट पठाइएको छ।

जेठ २१ गतेदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये ८ जना निको भइसकेको निर्देशनालयले जनाएको छ।

 

सम्बन्धित समाचार
ताजा अपडेट