Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जानकी–८ का १५ टोलमा मादल हस्तान्तरण,मौलिक संस्कृति संरक्षणमा जोड

  • कैलाली दर्पण
  • मङ्लबार, अशोज २७, २०८३
जानकी–८ का १५ टोलमा मादल हस्तान्तरण,मौलिक संस्कृति संरक्षणमा जोड

कैलालीको जानकी गाउँपालिका–८ को वडा कार्यालयले मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडाका १५ वटा टोललाई मादल हस्तान्तरण गरेको छ।

वडा अध्यक्ष तीर्थराज उपाध्यायले गाउँबस्तीका शुभकार्य तथा विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोग हुने गरी प्रत्येक टोलका बडघर तथा भलमन्साको नेतृत्वलाई एक–एक थान मादल हस्तान्तरण गर्नुभएको हो।

स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामाझ यसको महत्त्व स्थापित गर्ने उद्देश्यले मादल वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट