Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नि:शुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरबाट ७ सय ५४ जना लाभान्वित

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र २६, २०८१
नि:शुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरबाट ७ सय ५४ जना लाभान्वित

२६ चैत/ बर्दगोरिया गाउँपालिकाले आयोजना गरेको पाठेघर र स्तनको क्यान्सर सम्बन्धी एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा ७ सय ५४ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बर्दगोरिया गाउँपालिकाको दोदोधरा अस्पतालमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको पाठेघरको र स्तन क्यान्सरबारे परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरिएको थियो ।

जनताले घर आगनमै सेवा पाउन र समाज सेवालाई सँगसँगै लैजाने उद्देश्यले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पाठेघर र स्तनको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।

सो शिविरमा भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्य बिज्ञ प्रमोद ढकाल, डा.बर्षा प्रसाईं ,लक्ष्मी केशरी श्रेष्ठ, राजमती गोसाई, रिता श्रेष्ठ ,रोशनी बज्राचार्य ,सावित्री चालिसे लगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा ७ सय ५४ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा संकास्पद २५ जना महिलालाई फ्लोअप जाँचका लागी भक्तपुर क्यान्सर अस्पताल पठाईएको बर्दगोरिया स्वास्थ्य शाखाका सिअहेब अनिल बिक्रम सिंहले जानकारी दिए ।

कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा प्रबक्ता मिथुन गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठ र बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक को सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट