Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिम महिलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा अम्बिका चलाउने विजयी

  • कैलाली दर्पण
  • मङ्लबार, अशोज २७, २०८३
सुदूरपश्चिम महिलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा अम्बिका चलाउने विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको महिलातर्फको क्लस्टरबाट अम्बिकाकुमारी चलाउने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

केहीबेरअघि सम्पन्न मतगणनाअनुसार चलाउनेले ३ हजार ७५५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। उनी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुखसमेत हुन्।

उनकी निकटतम प्रतिस्पर्धी कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले १ हजार ६४२ मत प्राप्त गरेकी छन्।

सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्य पदमा चार जनाको उम्मेदवारी परेको थियो। मतपरिणामअनुसार खिना भण्डारीले ७७५ मत प्राप्त गर्दै तेस्रो र टीकेश्वरीकुमारी हमालले ४९० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेकी छन्।

सम्बन्धित समाचार
ताजा अपडेट