Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार खसी र दोस्रोलाई बोका

  • कैलाली दर्पण
  • शुक्रबार, कार्तिक ७, २०८३
बर्दगोरियामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार खसी र दोस्रोलाई बोका

बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिकामा दशै–तिहारको अवसर पारेर मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा आगामी कात्तिक १२ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने मञ्चका अध्यक्ष कृष्णप्रसाद ओझाले जानकारी दिनुभयो।

चाडपर्वको अवसरमा सामाजिक सद्भाव, आपसी मित्रता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष ओझाले बताउनुभयो।

प्रतियोगितामा प्रथम हुने टिमलाई आकर्षक पुरस्कारस्वरूप एक खसी र दोस्रो हुने टिमलाई एक बोका प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि बर्दगोरिया गाउँपालिका, अन्य स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाको समेत सहयोग रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले खेलकुदको विकाससँगै समुदायबीच आपसी सम्बन्ध र सामाजिक सद्भाव थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट