Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

  • कैलाली दर्पण
  • बुधबार, असार २७, २०८०
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौ असार २७/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज बिहान निधन भएको छ।

लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य आज बिहान झनै बिग्रिएको थियो। उनलाई उपचारार्थ बिहान ८ बजे नर्भिक इन्टरनेसनल हस्पिटलमा पुर्याइएको थियो।

नर्भिकको इमर्जेन्सीमा उपचारकै क्रममा बिहान ८ः३३ बजे दाहालको अस्पतालमा निधन भएको हो। हृदयघातका कारण उनको निधन भएको अस्पतालका चिकित्सकले बताएका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट