Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पुलिसले मोबाइल चोरे

  • कैलाली दर्पण
  • शुक्रबार, माघ ७, २०७८
पुलिसले मोबाइल चोरे

प्रकाश शाही बौनिया / कैलालीको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बडुवालले मोबाइल चोरी गरेका हुन् । बुधबार उक्त मोबाइल ग्यालरीमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लागुऔषध कोरोबारीलाई पक्राउ गर्न गएका माल र बुडालले मोबाइल चोरी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकास जोशीले बताए । ‘मोबाइल पसलमा रहेको सीसी क्यामेराको भिडियोमा उनीहरुले मोबाइल चोरी गरेको देखिन्छ,’ उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।

’ बिहीबार उनीहरुबिरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको प्रवक्ता जोशीले बताए । ‘दुबै जनालाई फौजदारी अभियोग नै लाग्छ,’ उनले भने । मोबाइल ग्यालरी सञ्चालक सुवास रावलले चोरीमा संलग्न प्रहरीलाई कार्बहीको माग गर्दै निवेदन दिएका थिए । बुधबार प्रहरीले दोर्णबहादुर रावल, टेक बिष्ट र मनिष भण्डारीलाई १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो । सुरक्षा लागि अहोरात्र खटिएको प्रहरी ले पसल बाट मोबाइल चोर्न थाले पछि जनताले प्रहरीले ईमानदार पुर्वक सुरक्षा प्रदान कसरी गर्लान् भनेर प्रश्न उठन थालेको छ। रक्षक नै भक्षक भएको घोडाघोडी ८ का बिष्णु प्रशाद उपाधायले बताउनुभयो

सम्बन्धित समाचार
ताजा अपडेट