Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एनपिएलको उपाधी जनकपुर बोल्ट्सलाई

  • कैलाली दर्पण
  • शनिबार, पुस ६, २०८१
एनपिएलको उपाधी जनकपुर बोल्ट्सलाई

६ मंसिर /नेपाल प्रिमियर लिगको उपाधी जनकपुर बोल्ट्सले जितको छ। जनकपुरले सुदूरलाई ५ विकेटले हराउँदै जित हात पारेको हो।

१८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको  जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए।   कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए।  हर्ष थाकर ३० र मयन यादव २ रनमा  अविजित रहे।   जनकपुरले पावरप्लेमा जनकपुरले विना विकेट ७१ रन बनाएको थियो।

सुदूरका लागि  कप्तान दिपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र विनोद भण्डारीले शानदार सुरुआत गरे। उनीहरूले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे। सैफ अलि जेब अर्धशतकीय पारी खेले। उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए। साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले।

सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने  स्कट कुग्गेलेइनले १३ रन बटुले। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन÷तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए।

सम्बन्धित समाचार
ताजा अपडेट