Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा प्रथम खुल्ला भलिबल प्रतियोगिता सुरु

  • कैलाली दर्पण
  • बिहिबार, अशोज २२, २०८३
बर्दगोरियामा प्रथम खुल्ला भलिबल प्रतियोगिता सुरु

कैलाली — बर्दगोरिया गाउँपालिका–१ मा प्रथम बर्दगोरिया खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ।

बिहिबार बर्दगोरिया युवा समूहको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले गर्नुभएको हो।

बर्दगोरिया युवा समूहका संयोजक तथा खेल संयोजक उमेश ताम्राकारको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष कुँवर र विशिष्ट अतिथिमा बसन्त मुरारी नमुना माविका प्रधानाध्यापक तारा प्रसाद जोशी उपस्थित हुनुहुन्थ्यो।

प्रतियोगितामा कैलाली जिल्लाका विभिन्न स्थानबाट १३ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। युवालाई लागूऔषध दुर्व्यसनबाट मुक्त गराउँदै खेलकुदतर्फ आकर्षित गर्ने तथा स्थानीय स्तरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले युवाहरूलाई अनुशासनपूर्वक खेलकुदमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले पालिकाले विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै आगामी दिनमा बर्दगोरियाको खेलकुद क्षेत्रलाई थप प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष कुँवरले खेलकुदले युवालाई स्वस्थ, अनुशासित र सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचानसँगै युवामा सकारात्मक सोच, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

सम्बन्धित समाचार
ताजा अपडेट