Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीको पोल्टामा

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ १६, २०८३
सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीको पोल्टामा
Oplus_16908288

जेठ १६/डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कैलालीले जितेको छ।

कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कांस्यसहित कुल ५८ पदक जित्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।

१७ स्वर्ण, १३ रजत र १३ कांस्यसहित कुल ४३ पदक जितेको कञ्चनपुर दोस्रो स्थानमा रहँदा आयोजक डडेल्धुराले ६ स्वर्ण, ७ रजत र १७ कांस्यसहित ३० पदक जितेर तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा बैतडी २६ पदकसहित चौथो, दार्चुला १२ पदकसहित पाँचौँ, बझाङ ९ पदकसहित छैटौँ, बाजुरा २६ पदकसहित सातौँ, डोटी १६ पदकसहित आठौँ तथा अछाम १२ पदकसहित नवौँ स्थानमा रहेका छन्।

डडेल्धुरामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका करिब ९ सय खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु तथा एथलेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा गरिएको थियो।

आयोजकका अनुसार १६औँ संस्करणको प्रतियोगितामा कुल ६६ स्वर्ण, ६६ रजत र १०० कांस्य गरी २३२ पदक वितरण गरिएको थियो। सर्वाधिक स्वर्ण पदक जित्दै कैलालीले समग्र च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

सम्बन्धित समाचार
ताजा अपडेट