Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

१६ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि धनगढीलाई

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ ४, २०८३
१६ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि धनगढीलाई
oplus_138412032

कैलाली — १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ को उपाधी धनगढी उपमहानगरपालिकाले उचालेको छ।

जेठ १ गतेदेखि जिल्ला खेलकुद बिकास समिती धनगढीको आयोजनामा बर्दगोरिया गाउँपालिकामा सन्चालित प्रतियोगितामा धनगढीले ३० स्वर्ण, १४ रजत र ८ कास्य गरी कुल ५२ पदक जित्दै शीर्ष स्थान कब्जा गर्न सफल भएको हो । प्रतियोगिताभर धनगढीका खेलाडीहरूले उत्कृष्ट कौशल प्रदर्शन गर्दै अन्य टोलीलाई पछि पारे ।

यसैगरी, घोडाघोडी नगरपालिकाले १९ स्वर्ण, ९ रजत र १९ कास्य सहित ४७ पदक जित्दै द्वितीय स्थान हासिल गरेको छ भने गोदावरी नगरपालिकाले ७ स्वर्ण, २४ रजत र १६ कास्य गरी ४७ पदकसहित तृतीय स्थानमा चित्त बुझाएको छ।

लम्कीचुहा नगरपालिकाले ४ स्वर्ण, ५ रजत र ४ कास्य सहित १३ पदक जित्दै चौथो स्थान हासिल गरेको छ।

गर्दा टिकापुर नगरपालिकाले २ स्वर्ण, २ रजत र १२ कास्य सहित १६ पदकका साथ पाँचौं स्थान ओगट्न सफल भएको छ।

त्यसैगरी, गौरिगङ्गा नगरपालिकाले २ स्वर्ण, १ रजत र १२ कास्य गरी १५ पदक जितेको छ भने भजनी नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य सहित ५ पदक जितेको छ।

कैलाली जिल्लाका सबै नगरपालिकाले स्वर्ण पदक जित्न सफल भए पनि ६ वटा गाउँपालिकामध्ये मोहन्याल गाउँपालिकाले मात्र १ स्वर्ण, २ रजत र २ कास्य सहित ५ पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। अन्य गाउँपालिकाहरू भने स्वर्ण पदकविहीन बनेका छन्।

बर्दगोरिया, चुरे, कैलारी, जोशीपुर र जानकी गाउँपालिकाले स्वर्ण पदक जित्न सकेनन्।

कार्यक्रम कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश भण्डारीको सभापतित्व तथा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समितिका कार्यालय प्रमुख आश्रम केसीले धन्यवाद मन्तव्य राखेका थिए।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं. १ का अध्यक्ष मिथुन गौतम, भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट लगायत विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन केशव बडुवालले गरेका थिए ।

जिल्लाभरका विभिन्न स्थानीय तहबाट सहभागी विद्यार्थी खेलाडीहरूबीच सम्पन्न प्रतियोगिताले खेलकुदमार्फत प्रतिभा प्रदर्शनसँगै आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

आगामी १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भन्दै गोदावरी नगरपालिकाले झण्डा उचालेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट