Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बसन्त मुरारी कप–२०८३: छात्रतर्फ जगदम्बिके भगवती मावी,छात्रातर्फ बसन्त मुरारी प्रथम

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ १६, २०८३
बसन्त मुरारी कप–२०८३: छात्रतर्फ जगदम्बिके भगवती मावी,छात्रातर्फ बसन्त मुरारी प्रथम

कैलाली — बसन्त मुरारी कप–२०८३ अन्तर्गत आयोजित भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

जेठ १४ गतेदेखि सुरु भएको भलिबल प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता र उत्कृष्ट प्रदर्शन देखिएको थियो।

छात्रतर्फ श्री जगदम्बिके भगवती माध्यमिक विद्यालय प्रथम स्थान हासिल गरेको छ भने श्री माध्यमिक विद्यालय कोटातुल्सिपुर द्वितीय र श्री महुन्याल माध्यमिक विद्यालय बास्कोटी तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

त्यस्तै, छात्रातर्फ श्री बसन्त मुरारी नमुना माध्यमिक विद्यालयले प्रथम भएको छ भने श्री बालकन्या माध्यमिक विद्यालय कट्टीपुर द्वितीय र श्री माध्यमिक विद्यालय कोटातुल्सिपुर तृतीय स्थानमा रहेका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई नगदसहित पुरस्कृत गरिएको आयोजकले जनाएको छ।

सहभागी विद्यालयहरूबीच कडा प्रतिस्पर्धा देखिएको प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूमा अनुशासन, नेतृत्व क्षमता र आपसी सहकार्यको भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट