Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

छैठौं वडा अध्यक्ष कप सुरु

  • कैलाली दर्पण
  • बुधबार, कार्तिक ७, २०८१
छैठौं वडा अध्यक्ष कप सुरु

७ कार्तिक/कैलाली जिल्लाको लम्किचूहा नगरपालिका वडा नम्बर १० तोरीपुरको खेल मैदानमा छैठौ वडा अध्यक्ष कप सुरू भएको छ।

बुधबार देखि सुरु भएको छैठौ वडा अध्यक्ष कप प्रतियोगिताका अध्यक्ष प्रकाश जोशिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्किचूहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहनु भएको थियो भने विशिष्ट अतिथिंमा वडा सदस्य सुरेन्द्र बोहोरा र गिता थापा रहनु भएको थियो।

समितिका सदस्य कमल जोसीले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेस का वडा सभापति लक्ष्मण दास कठरिया, नेकपा एमालेका प्रतिनिधि टेकराज खड्का, समाजवादी पार्टीका प्रतिनिधि गणेश बिष्ट,राष्ट्रीय प्रजातन्त्र पार्टीका प्रतिनिधि गजेन्द्र शाह ,वडा स्तरीय खेलकूद समितिका पूर्व सदस्य निशान देउवा, सुर्योदय प्रा वि का विधालय व्यवस्थापन समिति का सदस्य एकेन्द्र तिमील्सैना, यूवा समाजसेवी भिम खड्का लगायतका व्यक्तित्वहरूले शूभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट