Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दोस्रो आशिष स्मृति फुटबल प्रतियोगितामा सिनियरतर्फ उज्यालो जुनियरतर्फ कैलाली पब्लिक प्रथम

  • कैलाली दर्पण
  • मङ्लबार, कार्तिक ६, २०८१
दोस्रो आशिष स्मृति फुटबल प्रतियोगितामा सिनियरतर्फ उज्यालो जुनियरतर्फ कैलाली पब्लिक प्रथम

६कार्तिक/कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ बाघमारामा क्याम्ब्रिज इङलिस स्कुल लम्किचुहा ४ बलियाको आयोजना बुधबार  देखि  सुरु भएको दोस्रो आशिष स्मृति कप फुटबल प्रतियोगिता सम्पन्न  भएको छ।

दोस्रो आशिष स्मृति कप फुटबल प्रतियोगिता सिनियर र जुनियर गरि  फरक फरक टिम बनाएर खेलाइएको थियो।

सिनियर तर्फ उज्यालो शिक्षा सदन लम्कीले आयोजक क्याम्ब्रिज स्कुल बलियालाई ०- ३ गोलले पराजित गर्दै प्रथम भएको छ। आयोजक क्याम्ब्रिज स्कुल उपविजेता बनेको छ।

जुनियर  तर्फ कैलाली पब्लिक स्कुल गणेशपुर  प्रथम , पायनियर्स एकेडेमी लम्कि दोस्रो र सरस्वती मावि कौवापुर तेस्रो स्थान भएका छन ।

प्रतियोगितामा सामुदायिक र निजि गरि १८ वडा बिधालयको सहभागिता रहेको थियो।

प्रतियोगिता लाई किसान बहुउद्देश्यीय सहकारी सस्था लम्की र लम्किचुहा नगरपालिका ६ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेका छन् ।

बिधालय संचालक समिति अध्यक्ष बिर्ख बहादुर बिस्टको अध्यक्ष्ातामा भएको कार्यक्रममा  प्रमुख अतिथी पुर्व शिक्षा तथा खेलकुद राज्य मन्त्री मोहन सिह राठौर, बिशिस्ट अतिथिमा लम्किचुहा ६ नम्बर वडा अध्यक्ष लोकेन्द्र कठायत रहनु भएको थियो ।

कार्यक्रमको संचालन प्रधानाध्यापक मोहन ढुंगानाले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट