कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ मा रहेको त्रिवेणि ग्रामीण बिधुत सहकारी सस्थाको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार संस्थाका अध्यक्ष बिलारु चौधरीको सभापतित्वमा भएको कार्यक्रमलाई प्रमुख अतिथी वडा अध्यक्ष लोकेन्द्र कठायतले दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियोे ।
संस्थाका उपाध्यक्ष इन्द्रबहादुर बोहराको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष लोकेन्द्र कठायत ,सस्थाका पुर्व अध्यक्ष टेकबहादुर बिस्ट ,समाजसेवी महेश रावल र दल बहादुर रावलले शुभकामना मनतब्य राख्नु भएको थियो।
सस्थाका लेखा समिति संयोजक मान बहादुर शाहीले आर्थिक बर्ष २०७९/०८० को ६९ लाख ५९ हजार ६ सय ६० रुपैयाँ आय ,ब्यय प्रस्तुत गर्नु भएको थियो ।
२ सय जना शेयर सदस्य बाट सुरुवात भएको संस्थामा हाल ६ सय ७ जना शेयर सदस्य पुगेका छन ।
सस्थाले अहिलेसम्म १७ लाख १८ हजार ८ सय १४ रुपैयाँ बचत गर्न सफल भएको छ।
कार्यक्रमको संचालन संस्थाका सचीव मुक्ति प्रशाद तिमिल्सैनाले गरेका थिए ।
