Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मध्यरातमा आयो सुदूरपश्चिमको ३७ अर्ब ७० करोड बजेट,कर्मचारीको तलब १०% बढ्ने

  • कैलाली दर्पण
  • मङ्लबार, असार २, २०८३
मध्यरातमा आयो सुदूरपश्चिमको ३७ अर्ब ७० करोड बजेट,कर्मचारीको तलब १०% बढ्ने

२ असार/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले सोमबार मध्यरातमा प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए। बजेटमार्फत प्रदेशका कर्मचारीहरूको तलबभत्ता १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको छ।

सत्तारुढ दलहरूबीचको विवादका कारण बजेट निर्धारित समयभन्दा ढिलो गरी मध्यरातमा प्रस्तुत भएको हो। बजेट प्रस्तुत गर्दा मन्त्रालयगत विवरण भने सार्वजनिक गरिएको छैन।

बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। त्यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

यसैगरी, संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानबाट ३८ करोड ८० लाख तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री धामीले जानकारी दिए।

सम्बन्धित समाचार
ताजा अपडेट