Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा सम्पन्न सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्बजनिक

  • कैलाली दर्पण
  • मङ्लबार, माघ ८, २०८१
बर्दगोरियामा सम्पन्न सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्बजनिक

बर्दगोरिया ।बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित बर्दगोरियामा सम्पन्न भएको धार्मिक सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्बजनिक गरिएको छ। १०८ गौमुखी धारा निर्माणार्थ धार्मिक अनुष्ठान शुरु गरिएको थियो ।

बर्दगोरियाको धार्मिक पावन पुण्य भुमीमा सम्पन्न भएको सप्ताहा ज्ञान महायज्ञमा “तुलादान, भुमिदान, अन्नदान, गौदान, पितृदान“ गरिएका थिए । धार्मिक क्षेत्रमा सम्पन्न भएको दोस्रो दिन मंगलबार आय व्यय सार्बजनिक गरिएको हो । मुल आयोजक समिती संयोजक उपेन्द्र बमले सात दिन सम्म संचालन भएको महायज्ञमा करिब ४ लाख ८७ हजार बराबर आय र ४ लाख ८४ हजार बराबर खर्च भएको जानकारी दिए । १०८ गौमुखी धारा निर्माणको लक्ष्य रहेको महायज्ञमा सो लक्ष्य भने पूरा भएको छ । एक धारा निर्माणको ३५ हजार रकम निर्धारण गरे अनुरुप १०८ धाराको करिब ३७ लाख ८० हजार संकलन हुने भएको छ । महायज्ञ बाट संकलन गरिएको धान २० क्विन्टल भएको बर्दगोरिया धार्मिक पर्यटकीय तथा सास्कृतिक बिकास समितिका अध्यक्ष सुशील शाहिले जानकारी दिए । संकलन धानबाट ६५ हजार प्राप्त हुदा आयोजक संस्थालाई करिब ६८ हजार बचत भएको छ ।

प्रमुख कथा वाचक युगल चरणो पासक अन्तर्राष्ट्रिय प्रखर कथा वाचक मधुर भाषी पुज्य श्री किशोर शरण सुवेदी जी महाराजले कथा श्ववाण गराउनु भएको थियो ।

सप्ताह ज्ञान महायज्ञमा दैनिक विहान ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर, स्थानीय जडिबुटीको पहिचान, काशी, हरिद्वार र बृन्दावनका विद्वत आचार्य पंडितद्वारा श्रीमद्भागवत, मुलपाठ, रुद्राभिषेक पाठ पारायण कर्मकाण्ड कार्यक्रम, १००८ शालिग्राम पुजन तथा परिक्रमाको कार्यक्रम रहेका थिए । बर्दगोरिया धार्मिक पर्यटकीय तथा सास्कृतिक बिकास समितीको आयोजनामा भएको महायज्ञ प्रबन्धकको रुपमा विश्व शान्तिका लागि साझा अभियान नेपाल रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट