Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जानकी गाउँपालिकाले ल्यायो ६८ करोड ५६ लाखभन्दा बढीको बजेट

  • कैलाली दर्पण
  • शुक्रबार, असार ८, २०८१
जानकी गाउँपालिकाले ल्यायो ६८ करोड ५६ लाखभन्दा बढीको बजेट

कैलालीको  जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि ६८ करोड ५६ लाख १८ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ ।

असार ५ गते बुधबार देखि बिहीबारसम्म चलेको गाउँपालिकाको १४औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेट कार्यक्रम ल्याएको हो ।

गाउँपालिका अध्यक्ष गणेश चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरी सुरु भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक लालमति देवी कठरियाले आगामी आ।व। ०८१/०८२ का लागि ६८ करोड ५६ लाख १८ हजारको बजेट कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

जस मध्य चालु खर्च तर्फ ६१।४१ प्रतिशत बराबर रु ४२ करोड १० लाख ६० हजार रुपैया र पुँजी खर्च तर्फ ३८।५९ प्रतिशत बराबर रु २६ करोड ४५ लाख ५७ हजार ९ सय ४० रुपैया हुने अनुमान गरेको उनले बनाईन् ।
उनले आ।व। २०८१/०८२ मा व्यय तर्फ आर्थिक विकास तर्फ २ करोड ९४ लाख ८४ हजार ३५ रुपैया, सामाजिक विकास तर्फ रु। ३३ करोड ७७ हजार, पूर्वाधार विकास तर्फ रु। १४ करोड ९४ लाख ३० हजार रुपैया, बन बातावरण तथा विपद् व्यवस्थापन क्षेत्र तर्फ १ करोड २ लाख ९९ हजार ४ सय ६५ रुपैया, संस्थागत विकास सेवा प्रवाह र सुशासन क्षेत्र तर्फ १ करोड ५७ लाख २३ हजार रुपैया र कार्यालय संचालन तथा प्रशासन खर्च तर्फ रु। १५ करोड ६ लाख ४ हजार रुपैया विनियोजित गरेकी छिन् ।

आ.व. २०८१/०८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक स्रोतबाट रु। ३ करोड २५ लाखको राजश्व परिचालन हुने, संघिय समानीकरण अनदान वापत रु। १३ करोड ८८ लाख, संघिय राजश्व वाँडफाँडबाट प्राप्त हुने आयबाट रु। १२ करोड ७९ लाख, संघिय शसर्त अनुदान तर्फ रु। ३१ करोड १३ लाख २५ हजार, संघिय समपुरक अनुदान वापत रु। १ करोड ३० लाख आय प्राप्त हुने अनुमान गरिएको उनले बताईन् । कार्यक्रम जानकी गाउँपालिका अध्यक्ष गणेश बहादुर चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँसभाबाट निर्णपारित गर्नु पर्ने पालिकाको महत्वपूर्ण निर्णयहरु पालिका प्रमुख प्रशासकिय अधिकृतले सभामा प्रस्तुत गर्नु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट