Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै

  • कैलाली दर्पण
  • बिहिबार, मंसिर १४, २०८०
प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै

बर्दगोरिया/प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० मा आज बिहीवार दुई खेल हुने भएका छन ।
प्रतियोगिताको बुधबार सुदुरपस्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरे संगै आजबाट खेल सुचारु हुने भएका हुन

प्रतियोगितामा बिहिवार दिउँसो १२ बजे गोदावरीका विरुद्ध जोशिपुर र दिउँसो २ बजे लम्की चुहा क्याम्बृजका विरुद्ध टिकापुर ए बिच खेल हुने आयोजकले जानकारी दिए ।

पालिका स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेता टीमले नगद रु २ लाख १ ह्जार , ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको दोस्रो हुने टीमले रु १ लाख ५ हजार तथा ट्रफी पाउनेछ ।

यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगर रु २० हजार ,उत्कृष्ट गोलरक्षकले रु १५ हजार ,उत्कृष्ट गोलकर्ताले रु १५ हजार, उत्कृष्ट डिफेन्डरले रु १५ हजार तथा प्रतियोगिताकै उदयमान खेलाडीले पनि नगद रु १५ हजारसहित ट्रफी पाउनेछ्न ।

सम्बन्धित समाचार
ताजा अपडेट