Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रथम मुख्यमन्त्री पालिका स्तरिय जिल्ला ब्यापी फुटबल प्रतियोगिता मंसिर १३ गते देखि

  • कैलाली दर्पण
  • मङ्लबार, मंसिर ५, २०८०
प्रथम मुख्यमन्त्री पालिका स्तरिय जिल्ला ब्यापी फुटबल प्रतियोगिता मंसिर १३ गते देखि

कैलालीको बर्दगोरियामा प्रथम मुख्यमन्त्री पालिका स्तरिय जिल्ला व्यापी फुटबल प्रतियोगिता २०८० को आयोजना हुने भएको छ । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

पालिका स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेता टीमले नगद रु २ लाख १ ह्जार , ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको दोस्रो हुने टीमले रु १ लाख ५ हजार तथा ट्रफी पाउनेछ ।

यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगर रु २० हजार ,उत्कृष्ट गोलरक्षकले रु १५ हजार ,उत्कृष्ट गोलकर्ताले रु १५ हजार, उत्कृष्ट डिफेन्डरले रु १५ हजार तथा प्रतियोगिताकै उदयमान खेलाडीले पनि नगद रु १५ हजारसहित ट्रफी पाउनेछ्न ।

आयोजकका अनुसार यही मङ्सिर ८ गतेदेखि सुरु हुने भनिएतापनी केही प्राबिधिक कारण प्रतियोगिता मंसिर १३ गते लाई सारिएको आयोजकले जानकारी दिएको छ । टीम दर्ताको लागि ६ हजार रुपैया शुल्क लाग्नेछ ।

प्रतियोगिताका लागि एक स्थानीय तह (पालिका) बाट तीन टीमले भाग लिन पाउनेछ्न । प्रतियोगिताको उद्घाटन मङ्सिर १३ गते सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

स्थानीय मुडा खेल मैदानमा हुने प्रतियोगिताको लागि करिब २५ लाख बराबरको खर्च लाग्ने अनुमान गरिएको छ । सेमिफाइनल खेलमा जिल्लाका उत्कृष्ट २ महिला टिमलाई मैत्रीपुर्ण खेल खेलाउने पनि आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट