Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया१,मा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

  • कैलाली दर्पण
  • सोमवार, कार्तिक २७, २०८०
बर्दगोरिया१,मा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिका १ उत्तर मुडामा राइजिङ्ग स्टार क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी आयोजकले उचाल्न सफल भएको छ।

आइतबार  सम्पन्न फाईनल खेलमा पशुपति युवा क्लबलाई पराजित गर्दै आयोजकले उपाधी उचाल्न सफल भएको हो ।

उपाधी संगै राइजिङ्ग स्टार क्लबले नगद ११ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसै गरि दोस्रो स्थान हासिल गरेको पशुपति युवा क्लब  रानिकुण्टाले नगद ७ हजार सहित ट्रफि र प्रमाणपत्र जित्न सफल भएको छ ।

यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको साइनिङ्ग स्टार क्लवले नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी पशुपति युवा क्लबका तपेन्द्र महतरा भए ।

क्लव का अध्यक्ष डम्बर बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम  ,बिशिस्ट अयिथी वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक ,रेफ्री बिष्णु भाट्ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मान बहादुर  बुढाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन पुष्प राज जोशीले गरेका थिए । प्रतियोगितामा ७ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा कार्तिक २३गते बाट सुरु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट