Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा शान्ति ,सद्भाव र मित्रताका लागी प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुँदै

  • कैलाली दर्पण
  • बिहिबार, कार्तिक १६, २०८०
बर्दगोरियामा शान्ति ,सद्भाव र मित्रताका लागी प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुँदै

बर्दगोरिया/ शान्ति ,सद्भाव र मित्रताका लागी खेल भन्ने नाराका साथ बर्दगोरियामा पत्रकार मञ्चको आयोजनामा शुक्रबार १७/१८ गते प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
।
बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा हुन लागेको प्रतियोगिताले शुभ दिपावलिको अवसरमा सबैमा शान्ती, सद्भाव र मित्रता कायम होस भन्ने उद्देश्यले फुटबल हुन लागेको हो ।

प्रतियोगितामा बर्दगोरिया गाउँपालिकाका विभिन्न संघ संस्था गरि १४ टिमको सहभागिता रहने मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए ।

प्रतियोगितामा बर्दगोरियाका जनप्रतिनिधि ,कर्मचारी ,संस्थागत बिधालयका शिक्षक , सामुदायिक बिधालयका शिक्षक, सुन चादी ब्यवसायी संघ , पत्रकार , बजार समितिका पदाधिकारी, प्रहरी प्रशासन , बर्दगोरिया यातायात प्रा.लि, ब्यापारी, सुनचाँदी व्यवसायी संघको सहभागिता रहने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट