Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा नगरपालिकाको कुल ९४ करोड ४२ लाख बजेट पारित

  • कैलाली दर्पण
  • आइतवार, असार १०, २०८०
लम्कीचुहा नगरपालिकाको कुल ९४ करोड ४२ लाख बजेट पारित

कैलालीको लम्किचुहा नगरपालिकाको ११औँ नगरसभा अधिवेशनमा नगर उप–प्रमुख जुना चौधरीले आर्थिक वर्ष २०८०–०८१ का लागि कुल ९४ करोड ४२ लाख बराबरको बजेट ल्याएको जानकारी दिनु भएको छ।

जसमध्ये नगरपालिकाको आर्थिक वर्ष २०८०–०८१ का लागि कुल आय जम्मा ९४ करोड ४२ लाख हुने प्रस्ताव गरिएको छ।र कुल खर्च तर्फ चालु खर्च ६२ करोड ६८ लाख ५० रहेको र पुँजीगत तर्फ ३१ करोड ५३ लाख ५० रहेको बताउँदै उपप्रमुख चौधरीले बताउनु भएको छ। जसमध्ये आयतर्फ आन्तरिक आयमा १६ करोड २० लाख, राजस्व बाँडफाँडमा १७ करोड ४१ लख ६३ हजार रहेको उप–प्रमुख चौधरीले बताउनुभयो । यस्तै यस्तै अन्तरसरकारी वित्तिय हस्तान्तरण (नेपाल सरकार) को ५२ करोड १३ लाख, अन्तरसरकारी वित्तिय हस्तान्तरण (प्रदेश सरकार) को ३ करोड ७३ लाख ८२ हजार रहेको पनि उहाँले बताउनुभयो । यस्तै सरी आएको मौज्दात तर्फ ४ करोड ९३ लाख ५५ हजार गरी कुल ९४ करोड ४२ लाख रहेको नगर उप–प्रमुख चौधरीले बताउनुभयो ।
उप–प्रमुख चौधरीले रिठाइ ताल निर्माणका लागि २५ लाख, नगरपालिका भित्र जग्गा सर्भेका लागि २० लाख, भल्का अस्पताल निर्माणका लागि ५० लाख, पुस्पलाल स्मृति भवन निर्माणका लागि १० लाख छुट्याईको बताउनुभयो । यस्तै गणतान्त्रीक स्मृति भवन निर्माणका लागि १० लाख, विपि स्मृति भवन निर्माणका लागि १० लाख र सहिद लोकराज प्रतिक्षालय निर्माणका लागि ५ लाख छुट्याइएको नगर उप–प्रमुख चौधरीले बताउनुभयो ।

उप–प्रमुख चौधरीले विभिन्न साँस्कृतिक कार्यक्रमका लागि १० लाख, यस्तै वडा नम्बर ५, ६, ७, ८, ९ र १० मा वडा नम्बर ५ मा स्वास्थ्य भवन, ६ र ७ मा वार्थिङ सेन्टर, ८ मा सामुदायिक भवन, ९ मा जेष्ठ नागरिक मिलन केन्द्र र १० मा चुहा स्वास्थ्य वार्थिङ सेन्टरका लागि १०–१० लाख रकम छुट्याइएको बताउनुभयो ।
यस्तै १० ओटै वडामा वडाअध्यक्ष कपका लागि २० लाख, दसवटै वडामा लक्षित वर्ग कार्यक्रमका लागि समेत २० लाख रकम छुट्याइएको उहाँले बताउनुभयो । यस्तै १० वटै वडामा विपद व्यवस्थापन कोषका लागि १० लाख, यस्तै भुरुवामा व्याटमिन्टन म्याद खरिदका लागि ५ लाख, व्यवस्थितनगर क्रिकेट निर्माण पिच निर्माणका लागि १० लाख बजेट बिनियोजन गरिएको चौधरीले बताउनुभयो । शिवशक्ति विद्याविठका लागि शैक्षिक अनुदान ५ लाख, लम्कीचुहा २ मा रहेको अधुरो जेष्ष्ठ नागरिक भवन निर्माणका लागि ७ लाख छुट्याइएको समोत उहाँले बताउनुभयो । उप–प्रमुख चौधरीले बसेररा थारु हेमस्टे निर्माणका लागि ५ लाख, उप–प्रमुख मुक्त कमलरी सिपमुलक कार्यक्रमका लागि समेत ५ लाख बजेट बिनयिोजन गरेको बताउनुभयो ।
विपि स्मृति पार्क निर्माणका लागि ५ लाख, अधुरा कालोपत्रे सडक पूर्वाधार निर्माणका लागि ४ करोड छुट्याइएकको समेत उहाँले बताउनुभयो ।
लम्कीचुहा नगरपालिकाको चालु वार्षिक बजेटमा १७ करोड ८१ लख ५० हजार रहेको बताउँदै चौधरीले सवस्थ्य तर्फ ३ करोड ५० लाख, शिक्षा तर्फ ८ करोड, कृषि तर्फ १३ करोड रहेको समेत नगर उप–प्रमुख चौधरीले कैलाली दर्पण लाई जानकारी दिनु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट