Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

आजदेखि एसईई परीक्षा सुरु

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र १७, २०७९
आजदेखि एसईई परीक्षा सुरु

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। एसईई परीक्षा चैत २९ गतेसम्म चल्नेछ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन्। आवेदन भरेकामध्ये चार लाख ८४ हजार २ सय २७ जना परीक्षामा सहभागी हुँदैछन्।

सबै परीक्षा केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका काम सकिएको छ। विद्यार्थीलाई कुनै डरत्रास नलिइ ढुक्क भएर परीक्षा दिन परीक्षा नियन्त्रक श्रेष्ठले आग्रह गरेका छन्। परीक्षाका लागि देशभर दुई हजार ३६ र जापानमा एउटा गरी दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ। नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन्।

सम्बन्धित समाचार
ताजा अपडेट