Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा शिक्षकका लागि २ दिने पाठ्यक्रम प्रबोधीकरण तथा निरन्तर मूल्याङ्कन तालिम सुरु

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ ३०, २०८३
मोहन्यालमा शिक्षकका लागि २ दिने पाठ्यक्रम प्रबोधीकरण तथा निरन्तर मूल्याङ्कन तालिम सुरु

३० जेठ/कैलालीको मोहन्याल गाउँपालिका–१ चायाँभावरमा शिक्षा शाखाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि दुई दिने पाठ्यक्रम प्रबोधीकरण एवं निरन्तर मूल्याङ्कन सम्बन्धी तालिम सुरु भएको छ।

विद्यालय निरीक्षक टेकबहादुर साउदको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष देविदत्त उपाध्यायले ब्यानर वाचन गर्दै तालिमको शुभारम्भ गर्नुभएको थियो।

तालिममा गाउँपालिकाभित्रका ५२ विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ। तालिमको सहजीकरण विज्ञ शिक्षक नवराज खनाल र डिल्लीराज जोशीले गरिरहनुभएको छ।

शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने, पाठ्यक्रम कार्यान्वयनमा एकरूपता ल्याउने तथा विद्यार्थीको निरन्तर मूल्याङ्कन प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले तालिम आयोजना गरिएको शिक्षा शाखाले जनाएको छ।

कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कविराज धामीले गर्नुभएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट