Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दुर्गा आधारभूत विद्यालयको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ २६, २०८३
दुर्गा आधारभूत विद्यालयको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ सम्पन्न

कैलालीको लम्कीचुहा नगरपालिका–९, मैनवाडाँडामा रहेको श्री दुर्गा आधारभूत विद्यालयको आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

शिक्षक अभिभावक संघका अध्यक्ष धना देवी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा राज्यमन्त्री तथा विद्यालयका संस्थापक मोहनसिंह राठौर प्रमुख अतिथि रहनुभएको थियो।

यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य अर्जुनबहादुर रावल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष शम्भु चौधरी, प्रधानाध्यापक ध्वजबहादुर देउवा विशिष्ट अतिथिक रहनु भएको  थियो।

सहायक प्रधानाध्यापक शेरबहादुर भुलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्वजबहादुर देउवाले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राठौरले शिक्षालाई व्यवहारिक, रोजगारमूलक तथा सीपमूलक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालय शिक्षाले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्न सक्ने गरी ज्ञान, सीप र व्यवहारिक क्षमता विकास गर्नुपर्ने बताउनुभयो।

शिक्षक भरत शााहीले संचालन गरेको कार्यक्रम अभिभावक समाजसेवी विद्यार्थीलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट