Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राष्ट्रिय मावि सोल्टाको ५४औँ वार्षिकोत्सव तथा सामाजिक लेखा परीक्षण सम्पन्न

  • कैलाली दर्पण
  • सोमवार, अशोज ५, २०८३
राष्ट्रिय मावि सोल्टाको ५४औँ वार्षिकोत्सव तथा सामाजिक लेखा परीक्षण सम्पन्न
Oplus_16908288

बौनिया/मोहन्याल गाउँपालिका–६, सोल्टास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले ५४ औँ वार्षिकोत्सव मनाएको छ। शुक्रबार आयोजित वार्षिकोत्सव कार्यक्रममा विद्यालयले आफ्नो शैक्षिक तथा आर्थिक प्रगति विवरण सार्वजनिक गरेको हो।

शिक्षक अभिभावक संघका सदस्य विमल दमाईको अध्यक्षतामा भएको कार्यक्रममा  कैलाली-२ का प्रदेश  सांसद तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो।

यसैगरी कार्यक्रममा मोहन्याल–६ का वडा अध्यक्ष कृष्णबहादुर शाही र लम्कीचुहा–३ का वडा अध्यक्ष लभ ब. शाही विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद जैशीले विद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

विद्यालयले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ५२ लाख ३१ हजार ७०९ आम्दानी भएकोमा १ करोड ५० लाख ८६ हजार ३०५ खर्च भएको छ।

यस्तै, विद्यालयको हालको चल्ती बैंक खातामा ३ लाख ७४ हजार ६९६ र मुद्दती खातामा  ३० लाख रहेको जनाइएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद जोशी र विद्यार्थीका तर्फबाट कुमार शाहीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक टीकाराम जैशीले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट