Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा जारी फुटबल प्रतियोगितामा आज सेमिफाइनलको पहिलो खेल हुँदै

  • कैलाली दर्पण
  • शुक्रबार, कार्तिक ४, २०७९
बर्दगोरियामा जारी फुटबल प्रतियोगितामा आज सेमिफाइनलको पहिलो खेल हुँदै

बर्दगोरिया (कैलाली) / कैलालीको बर्दगोरिया गाउपालिकामा जारी पाचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगितामा शुक्रबार (आज) सेमिफाईनलको पहिलो खेल हुने भएको छ ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा भइ रहेको प्रतियोगितामा आज सेमिफाइनलको पहिलो खेल दिउँसो २: ३० बजे देविदल गण तेघरि (आर्मी) विरुद्ध आयोजक सडकपुर बौनिया युवा क्लब (बि) का बिच प्रतिस्पर्धा हुने खेल संयोजक रवि कुँवरले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको समेत सहभागीता रहेको छ । आज क्वाटर फाईनलको अन्तिम खेल सम्पन्न भए संगै सेमिफाइनल पुग्ने ४ टोलिको टुङ्गो लागेको हो ।

यस अघि राईजिङ साहरा कोहलपुर ,ब्वाईज युनियन लम्की र आयोजक सडकपुर बौनिया युवा क्लब सेमिफाइनल पुगि सकेका छन ।अर्को सेमिफाइनल खेल कार्तिक ५ गते संचालन हुने छन । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल कार्त्तिक ५ गते ब्वाईज युनियन लम्की र राईजिङ्ग सहारा कोहलपुर बिच प्रतिस्पर्धा हुने महासचिव कृष्ण प्रसाद ओझाले जानकारी दिए ।

बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को मुडा खेल मैदानमा उक्त फुटबल प्रतियोगिता भइ रहेको छ ।
प्रतियोगिताको उद्घाटन आइतबार असोज ३० गते भएको थियो भने प्रतियोगिता कार्तिक ६ गते समापन हुने क्लबका अध्यक्ष जीवन बि सि ले जानकारी दिए । ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसै गरि ब्यक्तिगत बिद्या तर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने आर्थिक संयोजक पुस्प भण्डारीले जानकारी दिए छन । प्रतियोगितामा नेपाल आर्मी सहित १२ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट