Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कारातेतर्फ धनगढी ६ स्वर्णसहित प्रथम,१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ ३, २०८३
कारातेतर्फ धनगढी ६ स्वर्णसहित प्रथम,१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

कैलाली — बर्दगोरिया गाउँपालिकामा जारी १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ अन्तर्गत कराते विधामा धनगढी उपमहानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।

कराते , काता र उस्सो विधातर्फ धनगढीले ६ वटा स्वर्ण, ३ रजत र १ कास्य सहित १० पदक जित्दै शीर्ष स्थान कब्जा गर्न सफल भएको हो । प्रतिस्पर्धामा धनगढीका खेलाडीहरूले उत्कृष्ट कौशल प्रस्तुत गर्दै अन्य टोलीहरूलाई पछि पारेका छन् ।

यसैगरी, लम्की चुहा नगरपालिकाले २ स्वर्ण, २ रजत र १ कास्य गरि ५ पदकसहित द्वितीय स्थान हासिल गरेको छ भने गौरिगंगा नगरपालिकाले २ स्वर्ण र १ कास्य पदक सहित तृतीय स्थानमा चित्त बुझाएको छ।

यसै गरि गोदावरी नगरपालिकाले १ स्वर्ण ,५ रजत र ३ कास्य सहित ९ पदक हात पार्दा टिकापुर नगरपालिकाले १ स्वर्ण र ७ कास्य पद सहित ८ पदक हशिल गर्दा अन्य पालिकाले भने स्वर्ण पदक हात पार्न सकेनन्न ।

जिल्लाभरिका विभिन्न स्थानीय तहबाट सहभागी विद्यार्थी खेलाडीहरूबीच भइरहेको प्रतियोगितामा खेलकुदमार्फत प्रतिभा प्रदर्शनका साथै आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि भइरहेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट