बर्दगोरिया गाउँपालिका–२ स्थित कुम्भियाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार साँझ करिब ६ बजेको समयमा इलाका प्रहरी कार्यालय बौनियाबाट खटिएको प्रहरी टोलीले करिब ७१० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–२ कुम्भिया निवासी अन्दाजी २३ वर्षीय शिशिर बम रहेका छन्।
प्रहरीले लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।