बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
बुधबार पालिका भित्र रहेका स्वास्थ्य संस्था मार्फत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूकाे पालिका स्तरीय वार्षिक कार्य प्रगति समीक्षा गाेष्ठि गरिएको हो।
पालिका उपाध्यक्ष गणेश राज गिरिको सभापतित्वमा भएको समिक्षा कार्यक्रममा प्रमुख अतिथी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवर रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले पालिकाहरुले गरेका कामको मुल्यांकन जिल्ला हुँदै राष्ट्र सम्म देखिने हुदा जन स्तर अर्थात जनताको सेवाको केन्द्र बिन्दु भनेको स्वास्थ्य संस्था भएकाले तपाईहरु सबै धन्यवादको पात्र हुनुहुन्छ,साथै कुँवरले स्वास्थ्य सेवालाई दुई तरिकाले हेरिन्छ एउटा रोग लाग्नै नदिई जनतालाई कसरी स्वस्थ रहन सकिन्छ भन्ने र अर्को रोग लागे पछि कसरी निको गर्न सकिन्छ चिकित्सकिय सेवा कसरी उपलब्ध गर्न सकिन्छ भन्ने उद्देश्य अनुरुप सेवा दिनुपर्ने बताए।
त्यस्तै दोदोधरा अस्पतालका जनस्वास्थ्य निरीक्षक युजिन कुश्मिले अस्पतालले आ.व.२०८१/०८२ भरिमा सम्पादन गरेका स्वास्थ्य सम्बधी कार्यक्रमहरुको प्रगती तथा समीक्षा प्रस्तुत गरेका थिए।
कार्यक्रममा ६ वटै वडाका स्वास्थ्य संस्था प्रमुखहरुले आ-आफ्नो स्वास्थ्य संस्था बाट बर्ष भरी भएका क्रियाकलाप तथा सेवाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको समापन गर्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले शिक्षा ,स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौ,उनले भने स्वास्थ्य क्षेत्रमा तपाईंले काम गरे बमोजिम सम्मान हुदा खुशी लागेको बताउदै अझ स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन आग्रह गरे । साथै उपाध्यक्ष गिरिले स्वास्थ्य ईकाई तथा अस्पतालमा सेवा लिन आउने किसान दाजुभाईहरुलाई छिटो छरितो सेवा दिन आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत बिक्रम श्रेष्ठले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण काम गरेको र अझै राम्रो गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे,उनले भने जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै अघिल्लो आर्थिक बर्ष भन्दा केही राम्रो भएको र अझै यसलाई राम्रो गरेर अगाडि लैजान र जनताको सेवामा लाग्नु पर्ने बताए ।
कार्यक्रममा ६ वटै वडाका स्वास्थ्य सस्था प्रमुख , स्वास्थ्य स्वयंसेबिका,कर्मचारीहरुको सहभागिता रहेको थियो । बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामिले स्वागत गरेको कार्यक्रममा दोदोधरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर कुमार अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरी कार्यक्रममा दिनरात नभनी स्वास्थ्य क्षेत्रलाई सहयोग गर्ने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी ,महिला स्वयंसेबिका लाई सम्मान-पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो।
समग्र बर्दगोरिया गाउँपालिकाको बार्षिक प्रगती प्रस्तुतीकरण तथा कार्यक्रमको संचालन सिनियर अहेव अनिल बिक्रम सिंहले गरेका थिए ।

