९कार्तिक/कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।
शनिबार राति जोशिपुर गाउँपालिका- ३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले श्रीमान् ५० वर्षीय लखनलाल कठरियाकाे हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राति करिब ११ बजे घरमै कठरीयाकाे हत्या भएको बताए ।
श्रीमती सुनिताकाे हताैडा प्रहारबाट गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल लगिएकाे थियो । कठरीयाकाे उपचारका क्रममा शनिबार राती नै मृत्युु भएको उनले बताए ।
हताैडा प्रहार गरेर श्रीमान् काे हत्या गरेकाे अभियाेगमा उनकी श्रीमतीलाई भने प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरूबीचकाे विवादकाे कारण भने खुलेकाे छैन् । कठरीयाकाे शव परीक्षणपछि आइतबार प्रहरीले बुझेको छ ।