Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

परिक्षामा पास गराइदिन्छु भन्दै छात्रामाथि यौन दुर्व्यवहारको आरोप, शिक्षक पक्राउ

  • कैलाली दर्पण
  • बिहिबार, अशोज १५, २०८३
परिक्षामा पास गराइदिन्छु भन्दै छात्रामाथि यौन दुर्व्यवहारको आरोप, शिक्षक पक्राउ

रामेछाप । परीक्षामा पास गराइदिने प्रलोभन देखाई १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले छात्रालाई ललाई–फकाई संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप छ।

त्यस्तै, फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाई पटक–पटक यौनजन्य गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।

प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरिएको हो। रामेछाप जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल राउतका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहेको छ। आरोप पुष्टि हुन भने अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा हुन बाँकी छ।

सम्बन्धित समाचार
ताजा अपडेट