बाैनिया/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि १३ गते सम्म प्रतियोगिता संचालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
बिधालय स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने र लागू पदार्थ दुर्ब्यसनबाट जोगाउने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष मल्लले जानकारी दिए ।
जिल्लामा महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले गत बर्ष छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरेको र उत्साह पुर्ण सहभागिता र महिलाहरुको खेलप्रतिको रुचिले यश बर्ष पनि निरन्तरता दिईएको अध्यक्ष प्रमोद मल्लले बताए ।
प्रतियोगिताले फुटबल खेलाडीको पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बर्दगोरियालाई खेलकुदमा अघि बढाउँन प्रमोद मल्लको भूमिका अग्रस्थानमा छ । उनले बर्दगोरियामा तीन चार सिजन क्रिकेट प्रतियोगिता सफलतपुर्बक सम्पन्न गरिसकेका छन ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेता ४३ हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए । त्यसैगरी उत्कृष्ट खेलाडी ८ हजार ५ सय ५५ , उत्कृष्ट गोल रक्षक ५ हजार, ५ सय ५५ , सर्वाधिक गोलकर्ता ५ ह्जार ५ सय ५५ , उत्कृष्ट डिफेन्डर ५ हजार ५ सय ५५ , उत्कृष्ट मिडफिल्डर ५ हजार ५ सय ५५, उत्कृष्ट प्रशिक्षक ५ हजार ५ सय ५५ र राइजिङ प्लेयरलाई ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा कैलाली र कंचनपुरका बिधालयहरुको सहभागिता रहेको छ । जसमा ३२ छात्र र १६ छात्राहरुको टिम सहभागिता रहेको छ । बिधालयले १७ बर्ष मुनिका खेलाडीलाई समाबेश गर्नु पर्ने छ ।