Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल-३ मा भलिबल प्रतियोगिता हुने, बिजेतालाइ ४१ हजार

  • कैलाली दर्पण
  • सोमवार, अशोज २०, २०८२
मोहन्याल-३ मा भलिबल प्रतियोगिता हुने, बिजेतालाइ ४१ हजार

बौनिया/कैलालीको मोहन्याल गाउँपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नं.३ फल्लेबिसौनामा “राष्ट्रको शान खेलकुद बिकासको अभियान “भन्ने मुल नाराका साथ मोहन्याल युवा क्लबको आयोजनामा तेस्रो मोहन्याल गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रत्येक बर्ष झै यो बर्ष पनि बिजया दशमी तथा शुभ-दिपावली पर्बको अवसर पारी यहि असोज २९ गते देखि प्रतियोगिता गर्न लागेको क्लबका सचिव भरत कुमार शाहीले जानकारी दिए ।

भलिबल प्रतियोगिताको माध्यमद्धारा युवा तथा खेलकुदको विकास समाज तथा देशका लागि क्षमतावान्, उत्कृष्ट खेलाडी उत्पादन, खेलको माध्यमबाट युवाहरुबीच आपसी सद्भाव, एकता र बन्धुत्वको भावना जागृत गराउने र स्थानीय क्षेत्रमा खेलकुद प्रति नागरिकको आकर्षण बढाउने मुल उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका सचिव शाहीले बताए ।

प्रतियोगितामा पालिका भित्रका करिब १२ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष गोर्ख बहादुर बोहराले जानकारी दिए ।

पालिका स्तरिय भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ४१ हजार १ सय ११ पाउने छ भने द्धितिय हुनेले नगद ३१ हजार १ सय ११ र तृतीयले रु २१ हजार १ सय ११ ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक प्रकाश साउँदले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ वेस्टस्पाईकर ,वेस्ट सर्भर,वेस्ट ब्लकर,बेस्ट सटर,बेस्ट लिव्रो,बेस्ट प्लेयरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष बोहराले जानकारी दिए ।

प्रतियोगिताको सञ्चालनमा स्थानीय तहको सरकार, संघ संस्था, उद्योगपति, व्यापारी र समाजसेवी वाट सहयोग संकलन गरी व्यवस्थापन गर्ने सचिव शाहिले जानकारी दिए ।

क्लबले खेलकुद मात्र नभई सामाजीक उत्तरदायित्वका कार्य जस्तै ,बन क्षेत्रको चोरी निकासी तथा आगालागी नियन्त्रण, गाउँक्षेत्रमा सरसफाई लगाएतका काम गर्दै आएको छ । प्रतियोगितामा सहभागीता जनाउन असोज २८ गते साझ ४ बजे सम्म गरि सक्नु पर्ने आयोजकले जानकारी गरेको छ । टिम दर्ता दस्तुर रु २ हजार ५ रुपैयाँँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट