२९ पुस/मोहन्याल गाउँपालिकको १५ औं रास्ट्रपति रनिङ शिल्डको उपाधी श्री राष्ट्रिय माध्यमिक विद्यालय सोल्टाले जितेको छ।
मोहन्याल-६ सोल्टामा अवस्थित राष्ट्रिय माविले विभिन्न विधाका प्रतियोगितामा ११ स्वर्ण ७ रजत ६ कास्य पदक र मार्च पास जिन्दै उपाधि हात पारेको हो ।

सोमबार सम्पन्न प्रतियोगितामा ९ स्वर्ण ८ रजत ७ कास्य पदक सहित त्रिवेणि माबि मोहन्याल ७ बढीगाउँ दोस्रो भएको छ।
यस्तै ५ स्वर्ण ६ रजत र ८ कास्य पदक सतित शान्ति माबि मोहन्याल ३ फलेबिसौना तेस्रो भएको छ।
रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण २ रजत र २ कास्य पदक सहित महेन्द्र माबि मोहन्याल २ कोल्तडीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा प्रथम,दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
पुस २६ गतेदेखि मोहन्याल १ बडिकाथाइमा सुरु भएको प्रतियोगितामा ७ वडा का १६ वडा बिधालयको सहभागीता रहेको थियो ।
विद्यालय निरीक्षक टेकबहादुर साउदको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी मोहन्याल १ नम्बर वडा अध्यक्ष प्रेमबहादुर बुढा रहेका थिए । कार्यक्रमको संचालन शिक्षक सुरेन्द्र मल्लले गरेका थिए ।


