Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • कैलाली दर्पण
  • शुक्रबार, माघ ५, २०८०
बर्दगोरिया गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कैलालीको बर्दगोरिया गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा बर्दगोरिया गाउँपालिकाको आयोजनामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गरेका छन ।

प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरियाको समग्र विकासका लागि खेलकुदको महत्तपूर्ण भूमिका हुने बताए । खेलाडीहरुलाई अनुशासीत भएर खेल्न आग्रह गर्दै रेफ्रिहरुलाई हाम्रो भन्दा पनि राम्रो खेलाडीलाई प्रोत्साहन गर्न अध्यक्ष कुँवरले आग्रह गरे ।

माघ ८ गते सम्म संञ्चालन हुने प्रतियोगितामा ६ सामुदायिक र ६ संस्थागत गरी १२ वटा विद्यालयको सहभागिता रहेको छ । बर्दगोरियामा १७ सामुदायिक र १९ संस्थागत बिधालय रहेका छन । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स खेल खेलाइने जनाइएको छ ।

प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका उप संयोजक तथा सामाजिक बिकास समिती संयोजक मिथुन गौतमले बताए । प्रतियोगिता संचालन रहेको स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था गरिएको छ ।

बर्दगोरियामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १४ औं पटक आयोजना गरिएको छ । प्रतियोगिता वसन्त मुरारी नमुना माविमा आयोजना गरिएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहका विद्यार्थीहरुले भाग लिन पाउने बताईएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट