राजेन्द्र रावल
मंसिर १९, बाैनिया/ धनगढी उपमहानगरपालिका र घाेडाघाेडि नगरपालिका कैलालीको मुडामा जारी प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्लाव्यापि फुटबल प्रतियोगिता २०८० काे फाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो सेमिफाइनल खेलमा गाैरिगंगा नगरपालिकालाई एक शुन्यकाे गाेल अन्तरले हराउँदै धनगढी र दाेस्राे सेमिफाइनलमा लम्किचुहाकाे (बिएस-१५) लाई दुई शुन्यकाे गाेल अन्तरले हराउँदै घाेडाघाेडि नगरपालिका फाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।

गाैरिगंगा र धनगढी बिचकाे खेलकाे ४० औं मिनेटमा धनगढीका लागि रामसिंह रानाले गरेको गाेलनै निर्णायक बन्न पुगेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टाेलिले थुप्रै अवसर प्राप्त गर्दा समेत गाेलमा परिणत गर्न नसक्दा एक गाेलनै निर्णायक बन्न पुगेको हाे । साे खेलमा रामसिंह नै म्यान अफ द म्याच बन्न सफल भएका थिय ।
यस्तै आजै भएको दाेस्राे सेमिफाइनल खेलमा लम्किचुहा(बिएस-१५) बिरुद्ध घाेडाघाेडि नगरपालिका का लागि खेलकाे १३ औं मिनेटमा दिपराज थापा र ४७ औं मिनेटमा मीन बुढा गाेल गर्न सफल भएका थिय । साे खेलमा दिप राज थापा म्यान अफ द म्याच बन्न सफल भएका छन् ।
अब २१ गते हुने फाइनल खेलमा धनगढी उपमहानगरपालिका र घाेडाघाेडि नगरपालिका बिच प्रतिस्पर्धा हुनेछ । साेहि दिन फाइनल अगाडि गाैरिगंगा नगरपालिका र धनगढि उपमहानगरपालिका का महिला टिम बिचकाे मैत्रिपुर्ण फुटबल खेल आयाेजना हुने प्रतियोगिता आयाेजक बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।