बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिका १ उत्तर मुडामा राइजिङ्ग स्टार क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी आयोजकले उचाल्न सफल भएको छ।

आइतबार सम्पन्न फाईनल खेलमा पशुपति युवा क्लबलाई पराजित गर्दै आयोजकले उपाधी उचाल्न सफल भएको हो ।
उपाधी संगै राइजिङ्ग स्टार क्लबले नगद ११ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसै गरि दोस्रो स्थान हासिल गरेको पशुपति युवा क्लब रानिकुण्टाले नगद ७ हजार सहित ट्रफि र प्रमाणपत्र जित्न सफल भएको छ ।
यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको साइनिङ्ग स्टार क्लवले नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी पशुपति युवा क्लबका तपेन्द्र महतरा भए ।
क्लव का अध्यक्ष डम्बर बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,बिशिस्ट अयिथी वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक ,रेफ्री बिष्णु भाट्ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मान बहादुर बुढाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन पुष्प राज जोशीले गरेका थिए । प्रतियोगितामा ७ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा कार्तिक २३गते बाट सुरु भएको थियो।