Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लालीगुराँस ग्रामीण विद्युतको १४औं साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २७, २०७९
लालीगुराँस ग्रामीण विद्युतको १४औं साधारण सभा सम्पन्न

बाैनिया /  कैलालीको  लम्किचुहा नगरपालिका वडा नम्बर ६ बामनपुर अवस्थित लालीगुराँस ग्रामीण बिधुत सहकारी सस्था लिमिटेडको १४ औं बार्शिक साधारण विभिन्न निर्णय हरु अनुमोदन गर्दै सम्पन्न भएको छ।

सस्थाका अध्यक्ष टेटराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी  कार्यपालिका सदस्य दिपा रावल  भएको थियो ।

सचीव टंक खडकाको स्वागत मनतब्य सङैग सुरु भएको कार्यक्रममा  बिशिस्ट अतिथी कार्यपालिका सदस्य दिपा रावत,जिल्ला सहकारी सस्थाका अध्यक्ष कृष्ण खत्री ,ग्रामीण बिधुत सहकारी लम्किचुहाका अध्यक्ष महेन्द्र खत्री,समाजसेवी भगवती प्रशाद उपाध्याय ,टन्कराज जोशी ,शे्र बहादुर बिस्ट,कला रावत  ,शिक्षक जङ्ग बहादुर बिस्ट लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो।

कार्यक्रममा नियमित समयमै बत्तीको बिल भुक्तानी गर्ने ७४ जना शेयर सदस्य लाई बल्व दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रबन्धक प्रेम प्रशाद जैसीले आ,ब ०७६/०७७ को ४१ लाख ६९ हजार १ सय ८५ रुपैयाँ आ,ब ०७७/०७८ को ४३ लाख ८४ हजार ७ सय ५० रुपैयाँ र आ,ब ०७८/०७९ को ५० लाख ४१ हजार ,१ सय ५९ रुपैयाँ र आर्थिक बर्ष ०७९/०८०को ३६ लाख बराबरको अनुमानित बजेट समेत सर्वसहमती बाट अनुमोदन गरिएको छ

साथै साधारण सभाले आगामी बर्षमा बिधुत लाइन बिस्तार गर्ने ,स्टोर रुम निर्माण गर्ने र कर्मचारीको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय पनि अनुमोदन गरेको छ।
गत बर्ष भएको ५ औ चुनावी साधारण सभाका निर्वाचन मन्डलमा प्रसंशा पत्र द्वारा सम्मान गरेको छ।

कार्यक्रमको संचालन शिक्षक बल बहादुर रावतले गर्नु भएको थियोे ।

सम्बन्धित समाचार
ताजा अपडेट