बौनिया / कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ बागमारामा रहेको देउराली सामुदायिक वन उपभोक्ता समुहको दर्ता पछिको प्रथम साधारण सभा बिहीबार सम्पन्न भएको छ।

समुहका अध्यक्ष ललित कामिको सभापतित्वमा भएको कार्यक्रम प्रमुख अतिथी वडा अध्यक्ष लोकेन्द्रबहादुर कठायतले बिधिवत रूपमा कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
बनका उपाध्यक्ष देउअराम ओलिको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष लोकेन्द्र कठायत,बर्दगोरिया सव डिभिजन वन कार्यलयका फलिस्टर रामसिह धामी ,नेपाली काङ्ग्रेसका प्रतिनिधि जय प्रकाश जोशी,नेकपा एमालेका प्रतिनिधि पदम खडका ,समाजसेवी खन्टे खत्री लगायतले,शुभकामना मनतब्य राख्नु भएको थियोे ।
कार्यक्रममा समुहका अध्यक्ष ललित कामिले आर्थिक बर्ष ०७६/०७७ को २लाख ८ हजार ९ सय ४५ रुपैयाँ आर्थिक बर्ष ०७७/०७८ को ८३ हजार १६ रुपैयाँ र आर्थिक बर्ष ०७८/०७९ को१८ लाख ६५ हजार १ सय ७५ रुपैयाँ बराबरको आय ब्यय अनुमोदन गरेका छन।
समूहले सामुदायिक वनको उचित ब्यबस्थापन, नगरपालिका स्तरीय खेलमैदान ,र न्यून बर्गका उपभोक्ता का लागि आय आर्जन मुलुक कार्यक्रम लागू गर्ने प्रस्तावको लागि सम्बन्धि सरोकारवाला पक्ष सङग साझेदारी गर्ने निर्णय गरेको छ।
२०८० असार मसान्तसम्म चुनावी साधारण सभा डाक्ने निर्णय समेत गरेको छ। कार्यक्रमको संचालन बल बहादुर खत्रीले गर्नु भएको थियो ।