Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

  • कैलाली दर्पण
  • शनिबार, माघ २८, २०७९
मोहन्यालमा स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

 बौनिया / कैलालीको मोहन्याल गाउँपालिकामा मोहन्याल गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ।

शनिवार देखि पालिकाको वडा नम्बर ३ फल्लेबिसौना स्थित शान्ति माविको खेलमैदानमा शुरु भएको उक्त प्रतियोगिता वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गाउपालिका अध्यक्ष देविदत्त उपाध्याय ( हिम शिखर ) र बिशिस्ट अतिथिमा उपाध्यक्ष कमल बहादुर साउद र प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की रहनु भएको थियो।

यस्तै अतिथिहरुमा नेपाली काँग्रेस मोहन्याल गाउँपालिका उपसभापति मानबहादुर मास्की ,नेकपा एमाले मोहन्याल गा.पा. ईन्चार्ज खर प्रसाद अधिकारी , र नेकपा माओवाद केन्द्र मोहन्याल गा.पा सचिव सुरेन्द्र जैसी  लगायत रहेका थिए।

मोहन्याल गाउँपालिका बिधालय निरीक्षक टेकबहादुर साउदको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा शान्ति माध्यमिक विद्यालय फलेबिसौनाका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अमरबहादुर टमट्टा लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।,

प्रतियोगितामा यहाँका सामुदायिक ९ वटा विद्यालयको सहभागिता रहेको छ ।

दुई दिन सम्म संचालन हुने प्रतियोगितामा कबडी ,भलिबल १०० देखि ३ हजार मिटर सम्मको रिले दौड ,हाइजम्प ,लमजम्प ,सट्फुट ,लगायत खेलहरु मा छात्र ,छात्रा हरुले भाग लिने छन ।

कार्यक्रमको संचालन त्रिवेनी माध्यमिक बिधालयका प्राधानाध्यापक दानबहादुर बोहराले गर्नु भएको थियोे ।

आजभएको खेलमा श्री रा मा बि सोल्टा को ।
अहिले सम्म को पदक तालिका।
१०० मि दौड:हेमन्त बिस्ट प्रथम सोल्टा
१०० मि दौड : जुना बि क प्रथमसोल्टा
२०० मि दौड : बिरेन्द्र शाहि प्रथम सोल्टा
२०० मि दौड:जुना बि क प्रथम सोल्टा
४०० मि दौड : बिरेन्द्र शाहि द्वितीय सोल्टा
४०० मि दौड : मनिशा भन्डारि प्रथम सोल्टा
सटपुट छात्र : प्रेम बि क प्रथम सोल्टा
सट्पुट छात्रा : सपना शाहि प्रथम सोल्टा
जम्मा खेल ८ मा ७ स्वर्ण सहित अग्रता

४०० मिटर दौड छात्र तर्फ बढीगाउँ का द्रोण थापामगर प्रथम सोल्टा दितिय भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट