कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ गुलराको त्रिवेणी ग्रामीण बिधुत सहकारी सस्था लिमिटेडको १४ औं बार्शिक साधारणसभा सम्पन्न भएको छ।
सस्थाका अध्यक्ष बिलारु चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्किचुहा ६ का वडा अध्यक्ष लोकेन्द्रबहादुर कठायत ,बिशिस्ट अतिथीमा समाजसेवी महेश रावल ,सस्थाका पुर्व अध्यक्ष टेकबहादुर बिस्ट ,समाजसेवी दल बहादुर रावलले कार्यक्रममा शुभकामना मनतब्य राख्नु भएको थियो ।कार्यक्रममा स्वागत मनतब्य सस्थाका सदस्य इन्द्रबहादुर बोहराले गर्नु भएको थियो । 
आर्थिक बर्ष २०७९/०८० को ८० लाख आय ब्यय अनुमोदन र आगामी आर्थिक बर्षका लागि ६१ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको अनुमानित बजेट लेखा समिति संयोजक मान बहादुर शाही द्वारा प्रस्तुत गरिएको थियो
कार्यक्रमको संचालन सचिव मुक्ति प्रशाद तिमिल्सिनाले गर्नु भरेका थिय ।