Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

त्रिनगर मावि धनगढीको अभिभावक भेला सम्पन्न, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

  • कैलाली दर्पण
  • शुक्रबार, पुस १५, २०७९
त्रिनगर मावि धनगढीको अभिभावक भेला सम्पन्न, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

धनगढी ।
त्रिनगर माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको यस क्षेत्रकै अग्रणी शैक्षिक संस्था त्रिनगर माविको अभिभावक भेलाले शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार विद्यालय व्यवस्थापन समितिमा ४ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको हो ।
नियमावली अनुसार जम्मा नौ जना रहने समितिमा अभिभावकले छनौट गर्ने ४ जना सदस्यहरु अभिभावक भेलाले सर्वसम्मत रुपमा चयन गरेको हो । यसरी चयन भएका विव्यस सदस्यमा देबी रनेनी, गोदावरी सिंह तारा पातली, लक्ष्मण पार्की रहेका छन् । बाकी सदस्यहरु २ जना नगरकार्यपालिकाले पठाउने छ भने १ जना वडा कार्यालयले पठाउने छ । यसरी छनौट भएका सदस्यहरुबाट अध्यक्ष चुनिने व्यवस्था रहेको छ । विद्यालय व्यवस्थापन समिति विद्यालयको प्रधानाध्यापक पदेन सदस्य र शिक्षकहरुबाट रहने १ जना प्रतिनिधिमा विद्यालयका मावि शिक्षक नेत्र खडायत छनौट हुनुभएको छ।
यस्तै बिहीबार नै बसेको अभिभावक भेलाले शिक्षक अभिभावक संघका अध्यक्ष लगायत सदस्यहरु चयन गरेको छ । छनौट भएका अध्यक्षमा कमल राज पन्त,सदस्यहरुमा बलबहादुर महरा,माया देवल,तुल्सि बिष्ट ,सिता पाठक,किसन महत,अजय बिक रहेका छन । यस्तै शिक्षक प्रतिनिधिमा तिर्थराज फुलारा रहेका छन्।
विद्यालय व्यवस्थापन समिति गठनका लागि धनगढी उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जयराज जोशीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाइएको थियो । समितिमा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी,त्रिनगर माविका प्रधानाध्यापक भुपाल सिंह खड्का, सरस्वती आधारभुत विद्यालयका प्रअ पदमराज जोशी रहनु भएको थियो।
भेलामा धनगढी नगरकार्य पालिकाका सदस्य माहादेब सोब,वडा नम्बर १ का वडा अध्यक्ष लगायत सदस्यहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो। अभिभावक भेलाको सभापति वर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम विसी रहनु भएको थिए भने कार्यक्रमको सञ्चालन शिक्षक नेत्र खडायतले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट