Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको आयोजनामा शुभकामना ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, बैशाख ८, २०७९
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको आयोजनामा शुभकामना ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

बौनिया / नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको आयोजनामा बिहीवार शुभकामना ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष २०७९ को अबसरमा घोडाघोडी पिक्निक स्पोर्ट्समा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्ला अध्यक्ष चक्र बहादुर विष्टले विद्यालय तथा शिक्षकको शिक्षण प्रभावकारी बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकका पेशागत हकहित, शिक्षण सिकाइलाई गुणस्तरीय, नियमित, अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशिस्ट अतिथि रहेका बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य जयरुप खतिवडाले शिक्षकको सकारात्मक सोचबाट शिक्षण सिकाई प्रभावकारी बन्ने बताउदै संगठनलाई थप बिस्तार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले समेत शिक्षकका पेशागत हकहित, सुरक्षाको ग्यारेन्टी ,संगठन सुदृढीकरण र बिस्तारमा जोड दिए । कार्यक्रममा संगठनका नवनिर्वाचित जिल्लाका पदाधिकारीलाई सम्मान गरिएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो

सम्बन्धित समाचार
ताजा अपडेट