Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

खेलाडीले स्वास्थय को बिकास सङ्गै समाजको बिकास पनि गर्नुपर्ने उपाध्यक्ष – राना

  • कैलाली दर्पण
  • मङ्लबार, माघ ४, २०७८
खेलाडीले स्वास्थय को बिकास सङ्गै समाजको बिकास पनि गर्नुपर्ने उपाध्यक्ष – राना

चौकुने गाउपालिकाकी उपाध्यक्ष निर्मला राना मगरले खेलाडि आफ्नो स्वास्थयको बिकास सङ्गै समाज परिवर्तनका लागि पनि सकारात्मक सोच राखी समाजको बिकास का निम्ति पनि लाग्नु पर्ने बताउनुभयो । चौकुने गाउपालिका ८ नम्बर वडामा भएको फुटबल प्रतियोगिता को समापन समारोहमा प्रमुख अतिथिको आसन्न बाट बोल्दै उपाध्यक्ष रानाले खेलले स्वास्थय को बिकास हुनु भएकोले खेलाडीले अनुशासन खेलाडीको गहना भएको अनुशासन ले खेलाडी पहिचान हुने पनि प्रमुख अतिथी रानाले बताउनुभयो ।गाउपालिका खेलकुद जगतको चौतर्फी बिकास गर्न निरन्तर लागीरहेको पनि प्रमुख अतिथी रानाले बताउनुभयो ।सुर्खेतको चौकुने गाउँपालिकामा माघे सन्क्रान्तीको आवसरमा शुरु भएको वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भनेको छ ।

माघे सन्क्रानतीको अवसर पारेर माघ १ देखि शुरु भएको प्रतियोगिता माघ ४ गते मंगलबार सम्पन्न भएको हो । प्रतियोगिता को आयोजना संयुक्त समाज सुधार युवा क्लब चौकुने ८ ले गरेको थियोे । युवा क्लबका अध्यक्ष कमल बहादुर दानीको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष निर्मला राना रहनु भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष रानाले खेलले मानिसको शारीरिक, मानसिक तथा बौद्धिक क्षेमतामा वृद्धि गर्दै स्वस्थ निरोगी बनाउने हुनाले मानविय जिवनमा खेत को अति आवस्यकता रहेको बताइन । यति मात्र नभई खेल ले व्यक्ति तथा राष्ट्रलाइ समेत चिनाउने, समाज परिवर्तनमा एक महत्वोपुर्ण भुमिका निर्वाह गर्ने बताइन । त्यसैले खेलाडीको आवश्यकता अनुसार पालिकाको तर्फबाट सम्पुर्ण सहयोग निरन्तर रहने बताइन् । खेल अवधी भर सभ्य र अनुसाशित पुर्वक खेल खेलेको मा धन्यवाद व्यक्त गर्दै चौकुने गाउँपालिकाको मुख्य बिन्दु चौकुने ८ गुटुमा रंगशाला बनाईएको बताइन ।

यस्तै कार्यक्रममा विशिष्ट अथितिका चौकुने ८ का वडा अध्यक्ष तारा केशर सुवेदी गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन सिह पाण्डे रहेका थिए । प्रतियोगिताको समापन कार्यक्रम मा नेपाली काङ्ग्रेसका पुर्व क्षेत्रीय प्रतिनिधि हेमराज खनाल (सन्तोष), समजसेवी प्रेम राज जोशी, निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन सिह पाण्डे लगाएतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिय । प्रतियोगितामा पालिका भित्रका १४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक संयुक्त समाज सुधार युवा क्लब बिजेता र चौकुने ५ उप–बिजेता भएको थियो । बिजेता टिमले नगद २० हजार, मेडल, ट्रफी र प्रमाण पत्र त्यसतै उपबिजेता टिमले नगद १० हजार मेडल,ट्रफी, र प्रमाणपत्र प्राप्त गएको हो । प्रतियोगिता समापन कार्यक्रम को संचालन सल्लाहकार पुर्ण प्रसाद देवकोटाले गरेका थिए । प्रतियोगितामा बेस्ट डिपेन्डर, बेस्ट किपर, उत्कृष्ट खेलाडी हरुलाइ पनि मेडल र प्रमाण पत्र दिइएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट