Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

ए डिभिजन लिगमा मनाङको तीन खेल पोखरा रंगशालामा हुने

  • कैलाली दर्पण
  • बिहिबार, मंसिर २३, २०७८
ए डिभिजन लिगमा मनाङको तीन खेल पोखरा रंगशालामा हुने
मनाङ मर्स्याङ्दी क्लब । तस्वीर : अखिल नेपाल फुटबल संघ

२३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक लिग फुटबल काठमाडौं बाहिर खेलाउन लागेको हो । मनाङले पोखरालाई घरेलु मैदान बनाउने निर्णय गरेपछि नै एन्फाले यसवर्षको लिगका केही खेल पोखरा रंगशालामा खेलाउने तयारी गरेको थियो ।

पाँचौंदेखि सातौं चरणसम्म मनाङले खेल्ने तीन खेल पोखरामा हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । ‘पाँचौ, छैटौं र सातौं चरणको खेल पोखरामा हुनेछ । हामी त्यसको तयारी गरिरहेका छौँ’ तुलाधरले भने ।

मनाङले नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबसंग पोखरामा खेल्नेछ । पाँचौं, छैटौं र सातौं चरणमा मनाङका प्रतिस्पर्धी तीन क्लबले पोखरा रंगशालामा मनाङसँग खेल्ने प्रस्ताव स्वीकार गरेपछि मोफसलमा लिगका खेल हुने पक्का भएको हो ।

लिगको शुरुको तीन चरणको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना भइसकेको छ । अब चौथो चरणको खेल पनि दशरथ रंगशालामा हुनेछ ।

एन्फाले ललितपुरको च्यासल फुटबल मैदानमा पनि यस पटक लिगको खेल खेलाउने तयारी गरिरहेको छ । यस्तै एन्फा कम्प्लेक्समा पनि लिग खेलाउने एन्फाको योजना छ ।

सम्बन्धित समाचार
ताजा अपडेट